NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

काठमाडौं उपत्यकालाई बादलले ढाक्दा सर्वसाधारणमा यस्ताे प्रभाव[फाेटाे फिचर]

काठमाडौँ– पश्चिमी वायुमा विकसित भएको निम्नचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरुमा मौसम बदली भएको छ । यसका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य बदलि रहने र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू–भागहरुका केही स्थान तथा लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ । काठमाडौं उपत्यकामा पनि घाम लागेको छैन् । बिहान हल्का पानी परेको थियो । काठमाडौं उपत्यकालाई पूर्ण रुपमा बादलले ढाकेकोले खासै चिसो महसुस भने भएको छैन् ।