NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

सुनको मूल्यमा ११ सयले बृद्धि

काठमाडौं । सुनको मूल्यमा प्रतितोला ११ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य ११ सयले बढेर प्रतितोला ९६ हजार चार सय रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य मंगलबार ९५ हजार नौ सय रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा पनि मंगलबार प्रतितोला १० रुपैयाँले बृद्धि भएको छ । सोमबार एक हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रतितोला एक हजार ३३५ रुपैयाँ निर्धारण भएको छ ।