NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाँचतारे होटेलकै मजदूरले ९ महिनादेखि पाएनन् पारिश्रमिक, ग्राहक नहुँदा होटेल पनि पीडित

काठमाडौं । डिला अधिकारी (नाम परिवर्तन)ले नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलमा काम गरेको १८ वर्ष भयो । कोरोना महामारीका कारण चैतदेखि लकडाउन भएपछि उनलाई होटेल प्रशासनले बेतलबी विदामा पठायो । त्यसयता पुसदेखि होटेल व्यवस्थापनले उनलाई काममा बोलाएको छ । ‘विगत ९ महिनादेखि एक पैसा पनि पाएको छैन,’ होटेलकी स्थायी कर्मचारी रहेकी अधिकारीले भनिन्, ‘पारिश्रमिकको विषयमा श्रम विभाग धाएको महिनौं भइसक्यो, तर अहिलेसम्म सुनुवाइ भएको छैन ।’ अधिकारीको जस्तै पीडा छ, सोही होटेलमा विगत १३ वर्षदेखि काम गर्दै आएका मणि थापाको पनि । ‘पुराना कर्र्मचारीलाई निकाल्न महामारी अवसर बनेको छ,’ होटेल प्रशासनप्रति रोष प्रकट गर्दै उनी भन्छन् । धेरै तलव खाने कर्मचारीलाई नियमित तलव दिइए पनि आफूजस्ता न्यून वेतनधारी कर्मचारीलाई होटेलले उपेक्षा गरेको थापा बताउँछन् । अहिले अधिकांश पाँचतारे होटेलले लकडाउनयता मजदूरलाई पारिश्रमिक दिएका छैनन् । संकटका बेला कर्मचारी कटौतीका लागि होटेलहरूले स्वेच्छिक अवकास र बेतलवी विदाकाे नयाँ जुक्ति निकालेका छन् एभरेष्टमात्र होइन, अहिले अधिकांश पाँचतारे होटेलले लकडाउनयता मजदूरलाई पारिश्रमिक दिएका छैनन् । राजधानीको अर्को पाँचतारे होटेल याक एण्ड यतीमा पनि विगत तीन महिनादेखि मजदूरले पारिश्रमिक पाएका छैनन् । होटेलले सम्झौता गरेबापतको पैसा पनि दिन नमानेपछि वर्षौंदेखि काम गरेका ६० जना मजदुर निरीह भएर काम छोड्न बाध्य भएका होटेलका आधिकारिक ट्रेड युनियनका सचिव जयकुमार मोक्तानले बताए । ‘कतिपय मजदुर त होटेल व्यवस्थापनले सम्झौता बमोजिमको पारिश्रमिक नदिएको र दुव्र्यवहार गरेको गुनासा लिएर आएका छन् ।’ उनी भन्छन् । संकटका बेला कर्मचारी कटौतीका लागि होटेलहरूले नयाँ जुक्ति निकालेका छन् – स्वेच्छिक अवकास र बेतलवी विदा । हायात रिजेन्सीले ४५ वर्ष उमेर कटेका र १५ वर्ष भन्दा बढी समय काम गरेका मजदूरका लागि स्वेच्छिक अवकाशको प्याकेज ल्यायो । त्यस्तै, याक एण्ड यतीले ५२ वर्ष कटेकाका लागि यस्तो अवकास प्याकेज ल्याएको छ । अवकाश लिन नचाहनेलाई बेतलबी बिदामा बस्नुपर्ने भन्दै पुराना मजदूरलाई पाखा लगाउने नीति ल्याए । लकडाउन अवधिको तलव दिनेगरी भएको सम्झौता कार्यान्वयन नै भएन होटेलमा कार्यरत् मजदूरहरूको पारिश्रमिक विवाद चर्किंदै गएपछि गत २८ असारमा होटेल संघ नेपाल (हान) र तीन वटा मजदुर संगठनहरू (अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ) बीच सम्झौता भयो । लकडाउन सुरु भएको गत वर्षको ११ चैतदेखि गत १६ पुससम्म १० महिना अवधिको न्यूनतम तलव दिने सहमति हान र तीनै मजदूर संगठनबीच भएको थियो ।सहमति अनुसार दुई तारेदेखि पाँचतारेसम्मका होटेलमा कार्यरत मजदुरलाई चैतदेखि पुससम्म न्युनतम तलब दिनुपर्ने थियो । लकडाउन सुरु भएको गत वर्षको ११ चैतदेखि गत १६ पुससम्म १० महिना अवधिको न्यूनतम तलव दिने सहमति हान र तीनै मजदूर संगठनबीच भएको थियो । तर, उक्त सम्झौता अनुसार तलव नपाएको गुनासो मजदूरहरूको छ । तर, उक्त सम्झौता अनुसार तलव नपाएको गुनासो मजदूरहरूको छ । यही गुनासो बोकेर उनीहरू जिफन्ट(जेनेरल फेडेरेसन अफ नेपलिज ट्रेड युनियन्स) पुगेका संस्थाका महासचिव जनक चौधरी बताउँछन् । चौधरीका अनुसार कुनै पनि महिनाको तलब सम्झौता अनुसार नपाएको गुनासो मजदूरले गरेका छन् । सम्झौता बमोजिमको पारिश्रामिक नपाएको भन्दै हायात, एभरेष्ट, अन्नपूर्ण र सोल्टीका मजदूरहरू गुनासा बोकेर आउन थालेको उनले बताए । घरमा बसेका श्रमिकलाई बढीमा १० हजार रुपैयाँ दिने र काम आलोपालो गर्ने सहमति भएको थियो । काम गरेको अवधिको पूरै तलब पाउने र घरमा बसेको समयमा तोकिएको रकम पाउनेगरी सम्झौता भएको थियोे । ‘तर कतिपय मजदुरले १० दिन काम गरेपछिमात्रै १० हजार रुपैयाँ पाइएको छ भन्ने गुनाशो गरेका छन्,’ चौधरीले भने, ‘काम गरेको महिनाको तलव पनि मजदूरले नियमित पाएका छैनन् ।’ लकडाउनपूर्वकै सेवाशूल्कबाट बञ्चित मजदुरहरूका अनुसार असोज २०७६ देखिको सेवा शुल्क (१० प्रतिशत) होटेलहरूले अझै दिएका छैनन् । मजदूर संगठन र हानबीच गत असारमा भएको सम्झौतामा भुक्तानी गर्न बाँकी सेवा शुल्क र न्यूनतम पारिश्रामिक पनि दिने सहमति भएको थियो । ‘खातामा पैसा आउने, तर केको पैसा आयो भन्ने थाहा नहुने भयो,’ चौधरीले भने, ‘पैसा आउँदा सेवा शुल्क बापतको आएको हो कि तलब आएको भन्ने बुझ्न नसिकने भएको छ ।’ मजदुरहरूका अनुसार असोज २०७६ देखिको सेवा शुल्क (१० प्रतिशत) होटेलहरूले अझै दिएका छैनन् । हानसँगको सम्झौतामा सेवा शूल्कको रकम ६ महिनाभित्र भुक्तानी गर्ने र न्यूनतम तलव पनि दिने सहमति भएको चौधरी बताउँछन् । उनका अनुसार गत कात्तिकदेखि पुससम्मको रकम दिने र त्यसपछि फेरि छलफल गर्ने सम्झौता भएको थियो । उक्त सम्झौताको मिति पुस १६ बाट सकिएसँगै अहिले दोस्रो चरणको छलफल चलिरहेको छ । फितलो अनुगमन संयन्त्र सहमति कार्यान्वयन भए/नभएको अनुगमन गर्न हान र ट्रेड युनियनका प्रतिनिधि सम्मिलित कार्यदलको संयन्त्र गठन गर्ने व्यवस्था सम्झौतामै गरिएको थियो । तर, यस्तो अनुगमन नभएको जिफन्टका महासचिव चौधरी बताउँछन् । अनुगमन नहुँदा मजदूर पीडित हुनुपरेको उनको भनाइ छ । सहमति कार्यान्वयन भए/नभएको अनुगमन गर्न हान र ट्रेड युनियनका प्रतिनिधि सम्मिलित कार्यदलको संयन्त्र गठन गर्ने व्यवस्था सम्झौतामै गरिएको थियो । तर, अनुगमन नभएको मजदूर संगठनको दावी छ । यता हानका उपाध्यक्ष विनायक शाह भने अधिकांश होटेलहरूले सम्झौता पालना गरेको दावी गर्छन् । सम्झौता कार्यान्वयन नभएको भेटिए तुरुन्तै समाधान गर्ने उनको भनाइ छ । ‘देशभरका ४० हजार होटेल हानमा आवद्ध छन्, अपवाद त हुन्छन् नै,’ शाह भन्छन् । एभरेष्ट होटेलको सम्बन्धमा सम्झौता भएको समयमा उक्त होटेल सञ्चालनमा नै नआएको र मजदुरको समस्याबारे पनि छलफल जारी भइरहेको शाहले बताए । होटेलका आफ्नै समस्या हानका अनुसार हालसम्म संस्थामा आवद्ध होटेलहरूको संख्या करिब चार हजार छन् । आर्थिक सर्वेक्षण २०७६ का अनुसार आर्थिक वर्ष २०७६/७७ को फागुनसम्ममा पर्यटकस्तरको होटेलको संख्या एक हजार एक सय ५१ पुगेको छ । तर, लकडाउनका कारण पर्यटक आगमन दयनीय हुँदा होटेलहरू संकटग्रस्त स्थितिबाट गुज्रिरहेका छन् । आर्थिक वर्ष २०७६/७७ को फागुनसम्ममा पर्यटकस्तरको होटेलको संख्या एक हजार एक सय ५१ पुगेको छ । तर, लकडाउनका कारण पर्यटक आगमन दयनीय हुँदा होटेलहरू संकटग्रस्त स्थितिबाट गुज्रिरहेका छन् । कोरोना महामारीयता विदेशी पर्यटकमा निर्भर होटलहरू त बन्दप्रायः छन् । विदेशी पर्यटकको आगमन सहज नहुँदासम्म त्यस्ता होटेल प्रभावित नै रहने देखिन्छ । कोरोना महामारीयता विदेशी पर्यटकमा निर्भर होटलहरू त बन्दप्रायः छन् । विदेशी पर्यटकको आगमन सहज नहुँदासम्म त्यस्ता होटेल प्रभावित नै रहने देखिन्छ । हाल सञ्चालनमा रहेको पाँच तारे होटलहरूको कोठा संख्या दुई हजार पाँच सय रहेको तथ्यांक हानले उपलब्ध गराएको छ । काठमाडौं बाहिरका केही ठूला होटलहरु न्यून अकुपेन्सीमा सञ्चालनमा रहेता पनि काठमाडौंका पाँच तारे होटेलहरू ठप्पप्रायः छन् । महामारीसृजित संकट कहिलेसम्म लम्बिने भन्ने ठेगान नहुँदा आवद्ध मजदूर विस्थापित भएका हानको भनाइ छ । ‘अहिलेकै स्थिति रहने हो भने यस क्षेत्रमा आवद्ध लाखौं कामदारले रोजगारी गुमाउनेछन्,’ हान भन्छ । कोरोना महामारीको त्रास कायमै रहेकाले अंग्रेजी नयाँ वर्षजस्तो पर्यटकको अत्यधिक चहलपहल हुने अवसरमा पनि काठमाडौंका होटेलमा रौनक छाएन । कोरोना महामारीको त्रास कायमै रहेकाले अंग्रेजी नयाँ वर्षजस्तो पर्यटकको अत्यधिक चहलपहल हुने अवसरमा पनि काठमाडौंका होटेलमा रौनक छाएन । हानका अनुसार नयाँ वर्षका कारण काठमाडौं बाहिरका चितवन, पोखरा, नगरकोट, धुलिखेल जस्ता गन्तव्यहरूका होटेलको औसत अकुपेन्सी २० प्रतिशत थियो । भ्रमण वर्षका लागि गरेकाे तीन अर्ब लगानी जोखिममा सन् २०२० मा भ्रमण वर्ष मनाउने भन्दै सरकार र निजी क्षेत्रले यसको धुमधाम तयारी गरका थिए । भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने महत्वकांक्षी लक्ष्य सरकारले घोषणा गरेको थियो । भ्रमण वर्षकै लागि करिब तीन अर्बको लगानी होटेल क्षेत्रमा भएको थियो । तर, उक्त लगानी कोरोना महामारीका कारण जोखिममा छ । भ्रमण वर्षकै लागि करिब तीन अर्बको लगानी होटेल क्षेत्रमा भएको हान बताउँछ । काठमाडौं र बाहिरका गन्तव्यमा करिब चार हजार होटेल कोठा थप्नेगरी लगानी भएको हानको भनाइ छ । तर, उक्त लगानी कोरोना महामारीका कारण जोखिममा रहेको हान बताउँछ ।