NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

प्रतिनिधिसभा पुनस्थापना नभए देश संकटमा : पौडेल

काठमाडौं। कांग्रेस नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनस्थापना नभए देश संकटमा धकेलिने बताएका छन् । जनता समाजवादी पार्टीले गरेको कार्यक्रमा नेता पौडेलले यस अघि प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार ‘बादरको हातमा नरिवल’ जस्तो रहेकोले संविधानसभाले त्यसलाई सच्चाएको उनले बताए । ‘पहिलेका संविधानले प्रधानमन्त्रीलाई स्पष्ट रुपमा प्रतिनिधिसभा विघटनको अधिकार दिएका थिए । तर, त्यो बेला बादरको हातमा नरिवल जस्तो भयो’ पौडेलले भने, ‘तर, एउटा सरकार लामो समय नटिक्ने र जनताको काम नै नहुने अस्थिरता आएपछि संविधानसभाबाट संविधान बनाउँदा हामीले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएकैं छैनौं । तर, प्रधानमन्त्री केपी ओलीले असंवधानिक कदम चाल्दै विघटन गर्नुभयो ।’ राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको भन्दै पौडेलले अब न्यायमूर्तिहरुले न्याय दिने बेला आएको बताए । ‘अब हामीले सर्वोच्च अदालतलसँग सिधा भन्नुपर्छ । राष्ट्रपति र र प्रधानमन्त्रीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्नुभयो । अब अदालतका न्यायमूर्तिहरुले संविधानको रक्षा, भावना, संविधानसभाकाे छलफल, मनसाय र कसरी संविधान बन्यो यसलाई हेरेर यसकैका आधारमा व्याख्या गरिनुपर्छ । यसैका आधारमा प्रतिनिसधिसभापुनस्थाना हुनुपर्छ ।’ विघटन भएदेखि पार्टी र सार्वजनिक कार्यक्रममा पनि आफूले प्रष्ट रुपमा प्रतिनिधिसभा पुनस्थापनाका हुनुपर्ने बताएको भन्दै नभए देश संकटमा धकेलिने बताए । ‘गलत कदम चालेपछि हामीले हाम्रो जिकिर राखेका हौं । पुनस्थापना गर्नुपर्छ भनेर वडा तहसम्म विरोधका कार्यक्रम पनि घोषणा गरेका छौं । भोलि फेरि फर्केर फेरि राजधानी केन्द्रित आन्दोलन पनि गर्छौ’ पौडेलले भने, ‘विघटन असंवैधानिक हो सच्चाउनुपर्छ । नसच्चाउँदा झन् राजनीतिक संकट आउँछ ।’ प्रतिनिधिसभा पुनस्थापना नभए मान्ने अवस्था नहुने र देश झन् संकटको भूमरीमा फस्ने उनको भनाई थियो । ‘अदालतले पुनस्थापना गरेन भने हामीले कसरी मान्ने ? गाह्रो पर्छ’ पौडेलले भने, ‘यस्तो भए के–के उठ्छ के–के । त्यसैले संकटको भूमरीमा जान नदिन, संविधान र राष्ट्रलाई बचाउन न्यायमूर्तिहरुले संविधानको अक्षर र भावनालाई सम्मान गर्दै पुनस्थापना गर्नुपर्छ ।’ प्रधानमन्त्रीको पुनस्थापना हुँदैन भन्ने जिकिर सरासर झुट, अनुचित र जबर्जस्ती हो भन्दै उनले आफूहरुलाई मान्य र स्वीकार्य नभएको बताए ।