नाली निर्माणका क्रममा ढुंगाले लागेर कामदारको मृत्यु
रसुवा । नाली निर्माणका क्रममा ढुंगाले लागेर एक कामदारको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी ४२ वर्षीय दमै थोक्रा रहेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु मार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग जोड्ने नयाँ सडकको नाली निर्माण गर्ने क्रममा थोक्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । १५/२० जना कामदारले काम गरिरहेका अवस्थामा माथिबाट डोजरले पल्टाएको ढुंगा गुडेर तल पुग्दा थोक्राको टाउकोे थिचिई घटनास्थलमै मृत्यु भएको बताइएको छ । अन्य कामदार भागेर बच्न सफल भएको अर्का कामदार बुद्धिबहादुर तामाङले जानकारी दिए । ढुंगा पल्टाउने डोजर चालक सिन्धुपाल्चोक, जुगल –९ का २७ वर्षीय रवीन तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ । पुर्ख्यौली थलोबाट मजदुरीका लागि १५ दिन अगाडि परिवारसहित धुञ्चेमा बसोबास शुरू गरेका थोक्राको आश्रित परिवारलाई यथेष्ट राहत उपलब्ध गराउन आफन्तले माग गरेका छन् ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया