NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

दलका कार्यकर्ताको हत्या गर्ने नेकपाका नेतालाई कारवाही गर्न कांग्रेसको माग

कांग्रेसले बझाङमा आफ्ना युवा संगठन तरुण दलका कार्यकर्ताको हत्यारालाई कारवाही गर्न माग गरेको छ । सामान्य विषयमा नेकपाकाका कार्यकर्ताहरुले कुटपिट र धारिलो हतियार प्रहार गरी आफ्ना कार्यकर्ताको हत्या गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । ‘बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ । छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा हिजो मंगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । घटनामा संलग्न आक्रमणकारीहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’ सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय हो भन्दै कांग्रेसले भनेको छ, ‘पछिल्लो क्रममा नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता÷कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका घटनाहरु आइरहेका छन् । नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौति दिन थालेका छन् । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दछ ।’