NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

दक्षिण ललितपुरका ३ हजार स्वास्थ्यकर्मीले लगाए कोरोना खोप

काठमाडाैं । किष्ट शिक्षण अस्पतालले ललितपुरको दक्षिण भेगका ३६ स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई काेराेना खोप लगाएको छ । अस्पतालले उक्त स्वास्थ्य संस्थामा कार्यरत ३ हजार स्वास्थ्यकर्मी, सुरक्षा तथा सरसफाई कर्मचारीलाई खोप लगाएको हो । स्वास्थ्य कार्यालय, ललितपुरले कोभिड–१९ विरुद्धको खोपका लागि तीन स्थान तोकेको थियो । किस्ट शिक्षण अस्पतालका मेडिसिन विभागका विभागीय प्रमुख तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. मिलेसजंग सिजापतिलाई खोप लगाई यसको शुभारम्भ गरेको थियो । जारी विज्ञप्तीमा अस्पतालले सेवाग्राहीका सुविधाका लागि वेटिङ कक्ष, रजिष्ट्रेशन डेस्कसँगै ६ वटा डेस्कहरू र त्यहाँ खटिने कर्मचारीलाई आवश्यक तालिम दिइ खटाएको जनाएको छ । शिक्षण अस्पतालका प्रमुख परिचालक अमिश पाठकले खोप लिने व्यक्तिलाई खोप कार्डमा भएका विवरणबारे जानकार गराई मञ्जुरी लिएपपछि मात्रै खोप लगाइएको बताए । दोस्रो डोजको खोप लगाउनका लागि भने खोप केन्द्रबाट उपलब्ध गराइएको उक्त कार्ड सुरक्षित राख्नुपर्नेछ ।