NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सञ्चालन नहुँदा होटलले दिने पारिश्रमिक तोकियो, पाँचतारेका कर्मचारीले ५ हजार पाउने

काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका होटलका कर्मचारीको पारिश्रमिकको दरमा होटल सञ्चालक र मजदुरबीच सहमति भएको छ । होटल व्यवसायी र पर्यटन तथा होटल क्षेत्रका ट्रेड युनियन संगठनबीच भएको सम्झौता अनुसार घरमा बस्नुपर्ने कर्मचारीलाई पाँचतारे होटकलले मासिक ५ हजार उपलब्ध गराउने छ । गत जनवरीमा पछिल्लो सहमति सकिएपछि भएको नयाँ सहमतिअनुसार होटल सञ्चालन हुँदा नियमित पाउने सेवा सुविधा उपलब्ध हुने र होटल सञ्चालन नहुँदाका लागि पारिश्रमिकको दर तोकिएको हो । उक्त सहमति अनुसार चार तारे तथा रिसोर्टकामा काम गर्नेहरुलाई मासिक चार हजार, तीनतारे होटल र रिसोर्टमा काम गर्नेहरुलाइृ तीन हजार, दुईतारे होटल र रिसोर्टमा काम गर्नेहरुलाई मासिक दुई हजार पाँच सय तथा एकतारे होटल र रिसोर्टमा कम गर्ने कर्मचारीलाई दुइ हजार उपलब्ध गराइने छ । यस बाहेकका अन्य पर्यटकस्तरका होटल तथा रिसोर्टमा भने व्यवसायी र मजदुरको सहमतिमा पारिश्रमिक तोकिने जनाइएको छ ।