NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

ओलीको पशुपतिको तस्बिर र प्रचण्डको भैंसी पुजा गरेको तस्बिरबीच सूर्य थापाको तुलना–भैंसी पुजा गर्नुलाई मन्दिरमा पुजा गर्नुजस्तो स्वभाविक मानिँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैंसी पुजा गरेको तस्बिर राख्दै भैंसी पुजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पुजा गर्नुजस्तो स्वभाविक नमानिने तर्क गरेका छन् । प्रधानमन्त्री ओलीले केही दिनअघि पशुपति मन्दिरमा गरेको पुजाको सामाजिक सञ्जालमा आलोचना भइरहँदा थापाले ओली पशुपति पुगेको र प्रचण्डले भैंसी पुजा गरेको तस्बिरको तुलना गरेका हुन् । केही दिनअघि ओलीले पशुपति पेरग मन्दिरमा सुनको जलारी निर्माणको लागि सरकारले ३० करोड उपलब्ध गराउने कुराको घोषणा गरेका थिए । थापाले सोही दिनको तस्बिरसँग प्रचण्डले सुनसरीमा भैंसी पुजा गरेको तस्बिर राख्दे त्यस पुजालाई स्वभाविक नमानिने बताएका हुन् । थापाले लेखेका छन्, ‘भैंसी पुजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पुजा गर्नुजस्तो स्वभाविक मानिँदैन् । बुझ्ने आफ्नै आफ्नै स्तर हुन्छ, फरकचाँिह यत्ति हो ।’

ताजा अपडेट

नेपालवाच विशेष