NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

हत्याको आरोपमा वडाध्यक्ष सहित चार जना पक्राउ

बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गत मंगलबार विद्यालय व्यवस्थापन समितिको चुनावपछि भएको विवादमा धारिलो हतियार प्रयोग गरी सिंहको हत्या गरीएको थियो । हत्यामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरि उनीहरुको नाम सार्वजनिक गरेको हो । प्रहरीले छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर २ का ज्ञान बहादुर कडायत, विकास ऐडी, प्रकास ऐडी र केदार ऐडीलाई हत्या आरोपमा पक्राउ गरेको हो । पक्राउ परेकामध्ये विकास ऐडी सोहि गाउँपालिकाको वडा नम्बर २ का वडाध्यक्ष हुन ।