NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

१९ माघको राती किन निस्कदैछ सेनाको बख्तरबन्द गाडी ?

राजनीतिक अस्थिरता चर्किएका बेला नेपाली सेनाले बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने भएको छ । नेपाली सेनाले सोमबार राती आफ्नो बख्तरबन्द गाडीलाई ब्यारेक बाहिर निकाल्न लागेको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेल सेनाले आफ्नो नियमित अभ्यासको रुपमा बख्तरबन्द गाडीलाई ब्यारेक बाहिर निकाल्न खोजेको भन्दै अन्यथा नमान्न आग्रह गरेका छन् । सेनाले १९ माघमा देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना सार्वजनिक गरेको हो । २०५८ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले राज्यसत्ता खोसेर आफ्नो हातमा लिएका थिए ।त्यसपछि राजनीतिक रुपमा माघ १९ लाई नकारात्मक रुपमा बुझिन्छ । प्रतिनिधिसभा विघटनपछि सडक आन्दोलनले तातिरहँदा नेपाली सेनाले १९ माघमा सेनाको बख्तबन्द गाडीहरु सडकमा निस्कन लागेको सार्वजनिक गरेको हो । यस घटनालाई महत्वका साथ हेरिएको छ । सैनिक प्रवक्ताको ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर सेनाले यसलाई नियमित अभ्यासको रुपमा मात्र बुझ्न आग्रह गरेको छ । सेनाले ट्वीटरमार्फत भनेको छ, ”नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।”