कोरोनाबाट संसद् सचिवालयका उपसचिवको निधन - Nepal Watch Nepal Watch

प्रतिकात्मक तस्बिर

कभर न्यूज

बैशाख २४, २०७८ शुक्रबार


कोरोनाबाट संसद् सचिवालयका उपसचिवको निधन


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संघीय संसद् सचिवालयका कार्यरत एक उपसचिवको निधन भएको छ ।

तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा निधन भएको हो ।

संसद् सचिवालयका अनुसार २२ गते स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्