NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

इ कमर्श अनलाइन सपिङ ‘मुकुन्डो डटकम’ संचालनमा

काठमाडौं । इ कमर्श अनलाइन सपिङ मुकुन्डो डट कम (Mukundo.com) सोमबारदेखि संचालनमा आएको छ । अमेरिका र नेपालमा रही विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपाली युवाहरुले सुरू गरेको कम्पनी एमबीएसवाइएस ग्रुपको पहिलो भेन्चर मुकुन्डो नेपाल प्रालिले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी इ कमर्श मुकुन्डो डट कम सार्वजनिक गरेको हो । ग्राहकहरुलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउन नेपाली बजारमा इ कमर्श मुकुन्डो डट कम थपिएको कम्पनीका बिजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदु नन्दन भट्टराईले जानकारी दिए । कम्पनीले दैनिक जीवनमा प्रयाेग हुने जुनसुकै सामान पनि उपलब्ध गराउने जनाएकाे छ । मुकुन्डो डट कममा अधिकारिक र राम्रो गुणस्तरका सामानहरु मात्र पाइने दाबी कम्पनीको छ । ग्राहकहरु सामान किनेपछि शत प्रतिशत सन्तुष्ट रहने विश्वास पनि आफूहरुले लिएको उनले बताए । सामान किन्दा हाललाई काठमाडौं उपत्यकाका ग्राहकहरुले कुनै पनि डेलिभरी चार्ज तिर्नु नपर्ने र यो सेवा निकट भविस्यमा पूरै नेपाल भरी विस्तार गर्ने जानकारी पनि भट्टराईले दिए । मुकुन्डो डट कमबाट सामान खरिद गर्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गर्न सकिने छ । यसका साथै इ सेवा, आइएमइ पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आइपिएस बाट पनि सामानहरु खरिद गर्न सकिन्छ । चाँडोभन्दा चाँडो डेलिभरी, काठमाडौं उपत्यकामा फ्रि डेलिभरी, इजी रिटर्न, क्यास अन डेलिभरी, रिवार्डस एण्ड लोयल्टी पोइन्स जस्ता सुविधाहरू आफ्ना ग्राहकको लागि ल्याएको कम्पनीको भनाई छ । मुकुण्डोले कलाकार स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । मुकुन्डो डट कममा ग्राहकहरुले सामानहरु खरिद गर्दा त्यसबाट केही रकम गरिव तथा असहाय बालबालिकाको शिक्षामा खर्चिने कम्पनीले बताएको छ । एमबीएसवाइएस ग्रुपसन् २०१९ मा स्थापना भएको हो । यस ग्रुपले इ कमर्श बिजनेशको अलवा आइटी परामर्श र सफ्वेयर डेभलपमेन्टमा काम गर्दै आएको छ ।