NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

२२ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं । बढुवा समितिले सरकारका २२ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यक्षमताको मूल्यांकनद्धारा हुने बढुवाका लागि उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो । बढुवा समितिले सोमवार ती उपसचिवलाई सहसचिवमा बढुवा गर्ने सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा मनोजकुमार आचार्य, थान प्रसाद पंगेनी, गोविन्द प्रसाद सुवेदी, अच्युतप्रसान शिवाकोटी, होम प्रसाद लुइँटेल, विश्व प्रकाश अर्याल लगायत छन् । तयस्तै, प्रदीप कुमार निरौला, शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाईं, गणेश अर्याल, राजेन्द्र देव पाण्डे, टेक बहादुर केसीलाई पनि सहसचिवका लागि सिफारिस गरिएको छ । सहसचिवमा सिफारिस हुनेमा सुनील खनाल, कृष्ण प्रसाद सापकोटा, किरण थापा, भगवान अर्याल, भरत कुमार शर्मा, प्रेमलाल लामिछाने, जनार्दन गौतम, कमलराज ढकाल र तुलसीनाथ गौतम पनि छन् ।