NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बुधबारदेखि हिउँदे वर्षा हुने

काठमाडौँ – नेपालको सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज राती प्रदेश नं ७ र अन्य देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ। त्यसैले देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान बुधबार(भोली) दिउँसो देशको सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदलीका साथै अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। बुधबार राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। त्यसैगरी बिहीबार(पर्सी) दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली हुनेछ । देशका अन्य भू–भागहरूमा भने मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ । सुदुर पश्चिम र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा हुने संभावना पनि रहेको छ। बिहीबार रातीे सुदुर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरूमा हल्का हिमपाको संभावना रहेको छ । सुदुर पश्चिम प्रदेश ,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना पनि रहेको छ। हुस्सु र कुहिरो तराईका भू–भागहरूमा आज हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अपरान्ह पछि क्रमिक रुपमा सुधार हुदै जाने सम्भावना रहेको छ। पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी(पूर्व), नवलपरासी(पश्चिम)लगायतका जिल्लमा हाल बाक्लो हुस्सु र कुहिरो लागेको छ। त्यसैगरी मध्य तराईका चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषालाई पनि अहिले हुस्सु तथा कुहिरोले ढाकेको छ। पूर्वी तराईका सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापालगायतका जिल्लामा हुस्सु लाग्नुका साथै चिसोपना बढेको छ । आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श जल तथा मौसम विज्ञान विभागले हुस्सु तथा मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार जारी बुलेटिनका अनुसार बिहानको समयमा तराईका अधिकांश स्थानहरूमा लागेको बाक्लो हुस्सु र कुहिरो अपरान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जानेछ । बुलेटिनमा देशका केही स्थानहरूमा बेलुकासम्म हुस्सु र कुहिरो रहने सम्भावना रहेकोले चिसोपना बढ्ने बताइएको छ । त्यसैले चिसोबाट बच्ने उपायहरू अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरूबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।