NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

कोरोनालाई २०२१ मा लखेट्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसलाई सन् २०२१ मा नेपालबाट लखेट्ने बताएका छन् । खेलकदुसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले कोरोनालाई लखेट्ने गरी सरकारले काम थालिसकेको बताए । ‘कोरोनालाई सन् २०२१ भित्रै लखेट्दे छौं । लखेट्न सुरु गरिसक्यौं ।’ ओलीले भने । कोरोना भाइरस कमजोर हुँदै आएको उनले बताए । कोरोना भाइरस कमजोर भएको र आफूहरुको प्रयास बलियो भएर गएको दाबी उनले गरे । कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या घट्दै गएको उनको भनाई थियो । खेलले जीवनलाई तन्दुरुस्त र स्वस्थ राख्ने भन्दै उनले भने- खेलले प्रतिरोध शक्तिलाई बढाउँछ । यसर्थ खेललाई जीवनको अंग बनाउन, खेललाई प्रतिरोधी क्षमता बढाउने माध्यम बनाउन खेललाई सामाजिक संस्कृतिका रुपमा स्थापित गर्नुपर्छ । यसका लागि खेलकुद मन्त्रालय, परिषद्सहितका खेलकुदसँग सम्बन्धित संस्थाहरुको साझा कर्तव्य हुन्छ। खेल क्षेत्रमा सरकारले सहयोगी भूमिका खेल्ने उनको भनाई थियो । खेल क्षेत्रमा कामको कदर गर्न मैंले नै सुरु गरेको हुँ भन्दै ओलीले खेलकुदको बजेट कोरोना कारण घटे पनि अब नघट्ने बताए । ओलीले संसद भंग भइसकेको भन्दै अब चुनावबाट जितेर आउन असन्तुष्ट पक्षलाई आग्रह गरे । ‘संसद भंग भइसक्यो । चुनाव घोषणा पनि भइसक्यो तर, यो भंग फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भनेर केही लागेका छन्’ ओलीले भने ।