NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीवीच भेट

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । निर्वाचनको तयारीबारे बुझ्न भन्दै बहादुर भवन पुगेका प्रधानमन्त्री ओली त्यहाँबाट निस्किएलगत्तै राष्ट्रपतिको कार्यालय शितल निवास पुगेका थिए । त्यसअघि निर्वाचन आयोगमा प्रमुख आयुक्त, आयुत्तहरुलाई प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीलाई निरन्तरता दिने आग्रह गरेका थिए । त्यसक्रममा उनले निर्वाचनका लागि आयोगलाई सरकारले सबै प्रकारको सहयोग गर्ने बताएका थिए । विभाजित नेकपाको दुवै समूहले नेकपामा आफ्नो आधिकारिकता दावी गर्दै आएको छ । र त्यसको विवाद निर्वाचन आयोगमा रहेको छ । यसै सन्दर्भमा प्रधानमन्त्री ओली आयोग पुगेका हुन् । तर उनले पार्टीको आधिकारिता दावी गर्ने सन्दर्भमा छलफल नभएको बताएका छन् । राष्ट्रपतिको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका बारेमा राष्ट्रपतिलाई विफ्रिङ गरेको स्रोतको दावी छ । सरकारले सोमबार दुई चरणमा हुने निर्वाचनमा पहिलो र दोस्रो चरणमा निर्वाचन हुने जिल्लाको टुंगो लगाएको थियो ।