NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओली समूहको संसदीय दलको बैठक सकियो, संसदका गतिविधिमा केन्द्रित हुन ओलीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको ओली समूहको संसदीय दलको बैठक सकिएको छ । शनिवार दिउँसो प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा नेकपाको ओली समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा ओलीले आफ्ना समूहका नेताहरुलाई संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ । ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेसँगै दुई समूहमा बाँडिएको नेकपाले छुट्टाछुट्टै बैठक बसिरहेका छन् । प्रतिनिधिसभा पुर्नस्थापनापछि आइतबार संसदको बैठक बस्नुभन्दा एक दिनअघि प्रधानमन्त्री निवासमा संसदीय दलको बैठक बोलाइएको थियो । यता नेकपाको अर्को समूह प्रचण्ड–नेपाल खेमाले शुक्रबार संसदीय दलको बैठक बसेको थियो, जसमा पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष