NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

ओलीको साथ छोड्दै प्रचण्डतिरै फर्किए सांसद विष्ट

नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका कर्णाली प्रदेशसभा सांसद तथा माओवादी नेता ठम्मर विष्ट पुनः माओवादीमै फर्किका छन् । दुई दिनअघि मात्रै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले विष्टलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले २४ घण्टे स्पस्टिकरण पठाएपछि उनी माओवादी केन्द्रमै फर्किएका हुन् । आइतबार सांसद विष्ट अध्यक्ष प्रचण्डसँगको वार्तापश्चात पार्टीमा फर्किएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मायाप्रसाद शर्मा ‘पारसमणि’ ले जानकारी दिए । पद भन्दा पनि माओवादी आन्दोलनमै लागेकाले आत्माचोलनासहित माओवादी केन्द्रमा फर्किएको शर्माले बताए । विष्ट गत असोज २५ गते मुख्यमन्त्री महेन्द्र शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका एक हुन् ।