NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा वर्षाकाे सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसाे गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ। राती पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ।