NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोरोना संक्रमण फैलन नदिन वीरगञ्ज नाकामा कडाइ र उच्च सतर्कता

काठमाडौं । भारतमा कोभिड १९को ‘दोस्रो चरण’को भाइरसको संक्रमण देखिएसँगै भारतबाट वीरगञ्ज नाकाहुँदै नेपाल भित्रिने पर्यटक तथा आमसर्वसाधारण सबैको कडाइका साथ स्वस्थ्य जाँच गरी नेपाल प्रवेश गराउन थालिएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा फैलिन नदिन वीरगञ्जमा कडाइ गरिएको हो । मंगलबार बसेको पर्सा जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले भारतबाट आउनेहरुलाई स्वास्थ्य चेकजाँच गरी ट्राभल हिस्ट्रीसमेत दर्ता गराएर नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । जिल्लाको विभिन्न नाकाबाट बिना दर्ता आवातजावत नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबाट सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । भारतबाट नेपालको सीमासम्म आएका सबैको शरीरको तापक्रम नापेर ज्वरो आएका यात्रुहरुको एन्टिजिन टेस्ट गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । यसैबीच केन्द्रीय सरकारले पनि कोारोना भाइरसको संक्रमण फैलन नदिन धेरै संख्यामा मानिस जम्मा हुने भेला, बैठक, गोष्ठी, सेमिनारलगायतका कार्याक्रम नगर्न सम्बपिन्धत सबैमा आग्रह गरिसकेको छ ।