NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

झापामा भारतबाट फर्किएकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं । सात दिनअघि भारतबाट झापा फर्किएकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ३९ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । ‘कोरोना संक्रमण भएपछि उहाँको उपचार बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । उहाँ भारतबाट केही दिनअघि भारतबाट फर्कनु भएको रहेछ,’ जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । स्वास्थ्य जाँच गर्दा महिलालाई बुधबार कोरोना पोजेटिभ देखिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । मृतक महिलामा कुनै दीर्घरोगको समस्या नरहेको चौलागाईंले जनाए ।