NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ओलीले भने- बालुवाटारमा आज नयाँ घटना घट्यो

काठमाडौैं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा नयाँ घटना घटेको बताएका छन् । संसदीय दलको बैठकमा माधव नेपाल पक्ष पनि सहभागी भएको विषयतर्फ संकेत गर्दै ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गरेको एकलौटी निर्णय फिर्ता गराउन दबाब दिने निर्णय गरेर बैठकमा पुगेको माधव नेपाल र झलनाथ खनाल पक्षको सहभागितापछि ओलीले यस्तो बताएका हुन् । ‘यस अघि बैठकमा सहभागी नहुनु भएका नेताहरु आउनुभएको छ । बालुवाटारमा आज नयाँ घटना घट्यो ।’ ओलीले भनेका थिए । ओलीले नेपाल, रावल, भुसाल र पाण्डेकाे स्पष्टीकरण चित्तबुझ्दो नभएकाे भन्दै कारवाहीयाेग्य भएकाे बताएका थिए । तर, बैठकमा सुरुमा नेता झलनाथ खनालले यस अघि फागुन २८ मा केन्द्रीय समिति र चैत ५ र ७ संसदीय दलले गरेको निर्णयलाई खारेज गरे एमाले पूर्ववत रुपमा बलियो भएर अघि बढ्ने बताएका थिए । तर, ओलीले अदालतको २३ फागुनको फैसलापछि पार्टी संगठन २०७४ जेठ को अवस्थामा फर्किए पनि फागुन २८ र त्यसपछि गरिएका पार्टी निर्णय फिर्ता भने नहुने बताएका थिए । नेपाल पक्षले विधान विपरीत भएका निर्णय फिर्ता लिएर पार्टीलाई एकता गराउने जिम्मेवारी अध्यक्ष ओलीमा रहेको बताएका थिए । सो समूहबाट गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुसालले पनि पार्टीमा एकलौटी रुपमा गरिएका निर्णय खारेज भए पार्टी पुनः एक भएर अघि बढ्ने बताएका थिए ।