NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बंगलादेशलाई पराजित गर्दै थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं । बंगलादेशलाई पराजित गर्दै नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो । गोल नगरी फाइनलमा पुगेको नेपालले फाइनलमा भने गज्जवको प्रदर्शन गर्यो । पहिलो हाफको १८ औं मिनेटमा संजोग राईले नेपाललाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा विशाल राईले नेपालका लागि गोल गरे । सात खेलमा गोल गर्न नसकेको नेपालले अन्ततः फाइनलमा गोलको खडेरी पूरा गर्दै उपाधि नै जित्यो । सात खेल खेल्ने १८ महिनाको अवधिमा नेपालले पहिलोपटक गोल गर्न सफल भएको हो । दोस्रो हाफमा पनि नेपालले निरन्तर दबाब बनाए पनि गोल गर्न सकेन । तर, पहिलो हाफमा गरेको दुई गोल नै नेपालको लागि उपाधि जित्न पर्याप्त भयो । बंगलादेशले नेपालविरुद्ध ८२ औं मिनेटमा गोल फर्काएर नेपालमाथि दबाब बढायो । उपाधि नजिक पुगेको नेपालले अन्तिम समयमा बंगलादेशसँग गोल खान पुगेपछि केही दबाब महसुस गर्दै खेलेको थियो ।