NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

भारतीय राष्ट्रपति कोविन्दको मुटुको ‘बाइपास सर्जरी’

नयाँदिल्ली । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाइपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको उनको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले जानकारी गराएको छ । ‘भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको बाइपास शल्यक्रिया सफलतापूर्वक गराइसक्नु भएको छ । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ,’ संघीय रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जालमा लेखेका छन् । गत साता राष्ट्रपतिलाई छातिमा समस्या आएको बताएपछि नयाँदिल्लीमै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई उपचारका लागि एम्समा सारिएको थियो । चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट शल्यक्रिया गर्न दिएको सल्लाह बमोजिम उनको मुटुको शल्यक्रिया भएको हो । उपचारमा सम्लग्न भनिएका एक चिकित्सकले नाम उल्लेख नगरिकन राष्ट्रपति काविन्दको मुटुकोे सफल शल्यक्रिया भइसकेको र उनको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै जाने विश्वास गरिएको सिन्ह्वासँग बताए । (रासस/सिन्ह्वा)