NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पार्टी कार्यालय खोज्दै माधव नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुकेर आफूसँगै आउँछन् भन्ने सोचले कारबाहीको हतियार चलाए पनि वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु ओलीसँग मरिगए नझुक्ने मूडमा छन् । समानान्तर कमिटी निर्माणको घोषणा मात्रै होइन, अहिले माधव नेपाल पार्टी कार्यालय कहाँ राख्ने भन्दै घर खोज्नसमेत लागिपरेका छन् । युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै नेता नेपालले आफू पनि पार्टी कार्यालय खोज्न पनि आग्रह गरे । उनले पार्टीको संगठनात्मक संरचना पुनर्गठन गर्ने काम तिव्र रुपमा अगाडि बढाउनुपर्ने पनि बताए । ‘पाईंहरू (युवासंघ)ले कार्यालय खोज्नुभयो अब हामीले पनि पार्टी कार्यालय खोजिरहेका छौं । कतै भए भन्नुस्,’ उनले भने । उनले कम्युनिस्ट आन्दोलन धराशयी बनाउने काम भइरहेको भन्दै क्रान्ति जारी रहेको उल्लेख गरे । नेता नेपालले तल्लो तहसम्म कमिटीलाई विस्तार गर्दै लैजान र आक्रमकरूपमा अगाडि बढ्न पनि युवासंघका नेता कार्यकर्तालाई आग्रह गरे । ‘हामीले अब सामाजिक, आर्थिक र राजनीति क्रान्ति गर्नेतर्फ लाग्नुपर्छ। सबै हिसाबले अब उत्कृष्ट बन्नुपर्छ। परिवर्तन सम्भव छ। हामीले गरेर देखाउनुपर्छ,’ उनले भने।