NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दाङमा यात्रुवाहक बस दुर्घटना, दुई जनाको निधन

काठमाडौं । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु. १ ख ९८६३ नं को बस लमही-घोराही सडक खण्डको मुसोटनजिकै शुक्रबार साँझ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको रिजालले बताए । घाइतेहरुको लमहीकै विभिन्‍न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रिजालका अनुसार मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले बताएको छ ।