NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जब डल्लुस्थित महेशराज पन्तको ‘पुस्तक संग्रहालय’मा राष्ट्रपति पुगिन्

काठमाडौं: इतिहासकार महेशराज पन्तको घरमै रहेको पुस्तक संग्रहालयमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् । काठमाडौंस्थित डल्लुमा रहेको पन्तको घरमा पुगेर त्यहाँ संग्रहित पुस्तक र ऐतिहासिक अभिलेखहरुको राष्ट्रपतिले अवलोकन गरेकी छिन् । पन्तले पाँच तलाको घरका सबै कोठामा पुस्तक संग्रह गरेका छन् । प्रकाशित तथा अप्रकाशित कृतिहरु सुरक्षितसाथ त्यहाँ राखेका छन् । शनिबार नै राष्ट्रपतिले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनाललाई पनि उनकै निवासमा पुगेर भेट गरेकी छिन् । तर, उनले पन्तको घरमा रहेको पुस्तक संग्रहालय जाने क्रममा ‘बाटो परेपछि’ खनालकहाँ पनि निस्किएको उनीनिकट स्रोतको प्रतिक्रिया दिएकाे छ । ‘राष्ट्रपति ऐतिहासिक पुस्तकको अध्ययन–अवलोकनका लागि डल्लुस्थित पन्तजीकहाँ जानुभएको हो । तर, सञ्चार माध्यमहरुमा कमरेड झलनाथकहाँ राष्ट्रपति पुग्नु भो भन्ने खबर आएछ,’ राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । पन्तको पुस्तक संग्रहालयको भ्रमणपछि खनालकहाँ पुगेकी राष्ट्रपति र खनालबीच एमालेमा अहिले देखिएको विवाद र यसको समाधानबारे छलफल भएको बताइएको छ ।