NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कञ्चनपुरका विभिन्न स्थानबाट चोरीका मोटरसाइकल बरामद

कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले आज चोरीका सात वटा मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बरामद मोटरसाइकल सात लाख २५ हजार रुपैयाँ मूल्य बराबरका रहेका छन् । नक्कली नम्बरप्लेट राखेर चलाउँदै आएका व्यक्तिबाट मोटरसाइकल बरामद गरिएको उनले बताए । चोरीको मोटरसाइकल चढ्ने फरार रहेकाले प्रहरीले खोजी कार्य गरी रहेको छ । बरामद चोरीका मोटरसाइकल आवश्यक कारवाहीका लागि आज भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । फाइल तस्बिर स्रोत महानगरीय ट्राफिक महाशाखा