NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ज्वाइँले खुकुरी प्रहार गर्दा सासु–ससुरा गम्भीर घाइते

दैलेख । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाइँले सासु–ससुरामाथि खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन् । नौमूले गाउँपालिका–४ कालिकाको कुइनेटोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । गएराति ३ बजेतिर घरमा सुतिरहेका सासु–ससुरामाथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई प्रहरीले नौमूले–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ । नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई सादा पोशाकका प्रहरीले बिहान ५ बजे पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।