NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

वाग्मती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकको कार्यसूचीबारे अन्तिम टुंगो लागिसकेको छैन । जसका लागि प्रदेशसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध तत्कालीन नेकपाका दाहाल-नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि बैठक नियमित बस्न सकेको थिएन । मिति तोकिए पनि पटक–पटक सूचना टाँसेर बैठक स्थगन गरिँदै आएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा फैसला गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई ब्युँत्याइदिएपछि मुख्यमन्त्री पौडेल पदमै रहिरहनसक्ने बाटो खुलेको थियो । सर्वोच्चको फैसलापछि एमालेका सांसदहरुले अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिइसकेका छन् । वाग्मती प्रदेशसभामा एमालेसँग बहुमत रहेकोले हाल मुख्यमन्त्रीको पद सुरक्षित मानिएको छ । तर एमालेभित्र कायम आन्तरिक संघर्षले निम्त्याउन सक्ने परीणाम भने स्पष्ट भइसकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष