बेलायतमा अप्रिल १२ देखि लकडाउनमा खुकुलो हुने
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ (सोमबार) देखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका छन् । ‘आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ,’ उनले भनेका छन् । उनका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्नेछन् । त्यसैगरी जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ । आवश्यकताका अरु कार्यालय र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । बेलायतमा कोरोना महामारीको दोस्रो लहर र कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण फैलिएकोले महिना दिनभन्दा अघिदेखि लकडाउन गरिएको छ । (रासस/सिन्ह्वा)
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया