NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेप्से हालसम्मकै उच्च बिन्दुमा, चन्द्रागिरी २६ सयको लाइनमा, आठ कम्पनीको मूल्य ३ हजारमाथि

काठमाडौं । नेपाली सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधवारको वृद्दिपछि सूचक २६ सय ९४ दशमलव ९८ विन्दुमा पुगेर हालसम्मको उचाई कायम गरेको हो । सेयर बजार बढेसँगै कम्पनीहरुको मूल्य पनि बढिरहेको छ । चन्द्रागिरी हिल्सले आइपिओ जारी गरी दोस्रो बजारमा कारोबारमा आएको डेढ महिनामा नै सेयर मुल्य २५ सय माथि पुग्न सफल भएको छ । अरु धेरै कम्पनी छन् जो २ हजार देखि ३ हजारको बीचमा कारोबार भइरहेका छन् । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भई कारोबार भएका कम्पनीमध्ये आठ कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार देखि करिब २० हजारसम्म पुगेको छ । बोट्लर्स नेपाल (तराई), राष्ट्रिय बीमा कम्पनी, युनिलिभर नेपाल, साल्ट ट्रेडिङको सेयर मूल्य प्रतिकित्ता १० हजार भन्दा बढी मूल्यमा कारोबार भइरहेको छ । धेरै वर्ष देखि सञ्चालनमा आएका ठूला कम्पनीहरु र स्थापित भएका कम्पनीहरुको महंगा शेयरहरुलाई ब्लु चिप शेयर भनिन्छ । नेप्सेमा कारोबार भइरहेका यी कम्पनीको शेयरलाई पनि ‘ब्लू चिप’ शेयर भन्न सकिन्छ । हालसम्म नेपालको सबैभन्दा महंगो सेयरमा युनिलिभर नेपाल पर्दछ । प्रतिकित्ता रू. १० बाट शुरु गरेको यस कम्पनीको सेयरमूल्य हाल प्रतिकित्ता २० हजार माथि पुगेको छ । यस कम्पनीले अघिल्लो आवको नाफाबाट लगानीकर्ताहरुलाई प्रतिसेयर १ सय सय नगद लाभांश वितरण गरेको छ । यस अघि कम्पनीले ७ सय ७० नगद लाभांश वितरण गरेको थियो । कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख छ । त्यस्तै, बोटलर्स नेपालले आव २०७४०७५ को नाफाबाट प्रतिकित्ता ४० रुपैया नगद लाभांश वितरण गरेपछि लाभांश घोषणा गरेको छैन । कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रहेको छ । साथै, राष्ट्रिय बीमा कम्पनीले भने कुनै लाभांशको घोषणा गरेको छैन । यस बीमा कम्पनीले २०६२ ६३ आवमा १ सय १४ दशमलव २७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रहेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरशेनले गत आवको लाभाँश हिजो मात्र घोषणा गरेको छ । कम्पनीले आव २०७६७७ को नाफाबाट २० प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीको चुक्ता पूँजी १५ करोड ३५ लाख बढी छ । साथै, नागरिक लगानी कोषले पनि गत आवको नाफाबाट ९ प्रतिशत वोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्व ६४ करोड रहेको छ । पछिल्लो समय केही लघुवित्त कम्पनीहरु पनि क्लु चिप कम्पनीको मुल्यमा पुग्न लागिसकेका छन् । फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य करिब ३ हजार पुग्न लागिसकेको छ भने जनउत्थान लघुवित्तको मूल्य झन्डै साढे चार हजार पुग्न लागेको छ । साथै, हिमालयन डिष्टिलरीको सेयर मूल्य पनि झन्डै साढे चार हजारको लाइनमा रहेको छ । नेशनल माईक्रोफाइनान्स वित्तीय संस्थाको पनि सेयर मूल्य ३ हजार भन्दा बढी पुगेको छ । कम्पनीको सेयर मूल्य बुधवार १ बजेको कारोबारको आधारमा राखिएको छ । कम्पनीको नाम सेयर मुल्ययुनिलिभर नेपाल २० हजारराष्ट्रिय बीमा कम्पनी १८ हजार ५ सयसाल्ट टे«डिङ ११ हजार ३९०नेशनल माइक्रोफाइनान्स ३ हजार २२०बोट्लर्स नेपाल (तराई) ९ हजार ३९६जनउत्थान सामुदायिक लघुवित्त ४ हजार ५१०हिमालयन डिष्टिलरी ४ हजार ४७६नागरिक लगानी कोष ४ हजार २७५