NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सरकारी जागिरेका छोराछोरीलाई सरकारी शिक्षालयमा नै पढाउन अनेरास्ववियुको माग

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आगामी आर्थिक वर्षको बजेटमा समट्नुपर्ने शिक्षाक्षेत्रका विभिन्न माग राख्दै अर्थमन्त्री विष्णु पौडेलसमक्ष भेट गरेको छ । अनेरास्ववियुका अध्यक्ष ऐन महरसहित अखिलसम्वद्ध विद्यार्थीहरुले सिंहदरबारस्थित कार्यकक्षमा मन्त्री पौडेललाई भेटेर आगामी बजेटमा शिक्षाक्षेत्रलाई प्राथमिकताका साथ समेट्नुपर्ने माग राखेका छन् । अनेरास्ववियुले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालय या उच्च शिक्षका लागि सरकारी क्याम्पसमा भर्ना गर्ने प्रवन्ध मिलाउन सरकार समक्ष माग राखेको छ । अनेरास्ववियुले आगामी बजेटमा समेटिने शिक्षाक्षेत्रको हिस्साका विषयहरूमा मन्त्री पौडेललाई सुझाव दिएको छ । अनेरास्ववियुले मन्त्री पौडेलसमक्ष शिक्षा, स्वास्थ्य र रोजगारीका सन्दर्भमा संविधानले गरेको व्यवस्था कार्यन्वयनमा यस वर्षको बजेट आधार वर्षे बन्नुपर्ने, आगामी बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याइनुपर्ने माग राखेको छ । यस्तै शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षित तथा व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान हरेक बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिका ऋण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग अनेरास्ववियुले राखखेको छ । ‘हरेक प्रदेशमा न्युनतम एउटा सरकारी शिक्षण अस्पताल खोल्न र ती अस्पतालमार्फत निःशुल्क उपचारको प्रबन्धका लागि बजेटमा व्यवस्था गर्न, डिजिटल नेपालको अवधारणा अन्तर्गत हरेक सरकारी विद्यालय र क्याम्पसमा निःशुल्क इन्टरनेट जडान हुनुपर्ने र विद्यार्थीको बीमा कार्यक्रम समेत बजेटमा ल्याउनका लागि मन्त्रीसमक्ष माग राखिएको छ,’ अध्यक्ष महरले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष