NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पत्रकार महासङ्घ ललितपुरको अध्यक्षमा सागर

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् । बुधबार भएको महासङ्घको २६आँै महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गरे । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी दिए ।