NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विद्यालयसहित भीडभाड हुने सबै ठाउँ बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को जोखिम निरन्तर बढेको भन्दै विद्यालयसहित भीडभाड हुने सबै गतिविधि बन्द गराउन सरकारलाई सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम बढेका कारण विद्यालयसहित भीडभाड हुने ठाउँ बन्द गर्नका लागि स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको जानकारी नेपालवाचलाई दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्कुल, कलेज, सिनेमा हल,सपिङ मल, स्डेडियमलगायत बन्द गर्न सिफारिस गरेको हो । २५ जना भन्दा बढी भेला हुने सबै ठाउँ बन्द गर्नका लागि मन्त्रालयले सिसिएमसिलाई सिफरिस गरेको प्रवक्ता डा.जागेश्वर गौतमले बताए । केही समयअघिदेखि अनलाइन कक्षाबाट अध्ययन गरिरहेका विद्यार्थीको भौतिक उपस्थितिबाटै पठनपाठन सुरु भइसकेको छ । त्यस्तै सिनेमा हलहरू पनि खुल्न थालिसकेका छन् । नेपालमा बिहीबारमात्रै ३ सय ३२ जना नयाँ संक्रमित थपिएका थिए । कोरोनाको दोस्रो लहरमा झन् जोखिम हुन सक्ने भन्दै मन्त्रालयले भिडभाड हुने ठाउँ बन्द गर्न सिफारिस गरेको प्रवक्ता गौतमले बताए । गत बुधबार मन्त्रालयले सूचना जारी गर्दै रात्रिकालीन व्यवसाय पनि ९ बजेपछि बन्द गर्न आग्रह गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष