NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सिँगटीको सेयर २ लाख ६९ हजारले पाए, १३ लाखको हात खाली

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले शुक्रबार बिहान आइपिओ बाँडफाँड गरेको छ । १५ लाख ६५ हजार ५ सय ३० जनाले दिएको आवेदनमा १५ लाख ५९ हजार ८ सय २ को आवेदन योग्य भएको छ । बाँकी ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको बिक्रि प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । योग्य आवेदकमा पनि १५ लाख ५९ हजार ८ सय २ जनालाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । त्यसमध्ये २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । शेयर नपाउनेको संख्या भने १२ लाख ९५ हजार ८ सय ३० रहेको छ । उक्त कम्पनीले चैत ३ गतेदेखि एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्वसाधरणका लागि निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत (५७ हजार कित्ता) शेयर कर्मचारीका लागि र पाँच प्रतिशत(१ लाख ४५ हजार कित्ता) शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सेयरकाे नतिजा केही घन्टाभित्रै हेर्न सकिने क्यापिटलले जनाएको छ। आईपीओको रिजल्ट सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिन्छ ।