NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘३० प्रतिशत कर तिरेर पनि यो देशमा गरिखान नपाइने ?’

डाक्टर सुनिल शर्मालाई प्रायः मानिसहरूले मेडिकल माफियाको रुपमा चिन्छन् । डा. शर्माको स्वामित्त्वमा रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेज एमबीबीएस, बीडीएस, बीबीएस नर्सिङलगायतको अध्ययन गराउने क्रममा विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिनेमा बदनाम छ। उनै शर्माले गत १५ भदौबाट काठमाडौँ मेडिकल कलेज सिनामंगलको स्वामित्त्व पनि आफ्नो हातमा लिएर कार्यकारी अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन्। सञ्चारमा माध्यममा आउन विल्कुलै नरुचाउने डा.शर्मासँग नेपालवाचका माधव बस्नेत र शालिक भट्टले भिडियो संवाद गरेका छन्। संवादका क्रममा आफूले सार्वजनिक सञ्चार माध्यममा पहिलोपटक बोलेको दाबी गर्दै शर्मा भन्छन्, ‘३० प्रतिशत कर तिरेर पनि यो देशमा गरिखान नपाइने ? सरकारले हामीलाई मेडिकल क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने संस्था भनेर घोषणासमेत गरिसकेको छ।’ नोबेल मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क उठाउनुमा आफ्नो कुनै दोष नभएको उनको जिकीर छ। काठमाडौँ विश्वविद्यालयले नै ४९ लाख ९० हजार लिनु भनेर नोटिस जारी गरेकोले आफूहरूले सोही अनुरुप रकम लिएको उनको भनाइ छ । शर्मा भन्छन्, ‘काठमाडौँ विश्वविद्यालयले लेखेर दिएको कुरा हामीले लिन नपाउने । हामीलाई त जे सूचना आयो त्यही गरेका हौँ । कारबाही गर्ने नै हो भने त्यो सूचना जारी गर्ने डीनलाई गर्नुपर्छ ।’ कुनै एउटा एमडी गर्दै गरेको विद्यार्थीले सुनिल शर्माले एक रुपैयाँ बढी खायो भनेर प्रमाण पेश गरेमा उसको हली बस्न तयार रहेको दाबी गर्ने उनीसँग गरिएको भिडियो संवाद : https://youtu.be/NJeSXO10ULo