NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

इमर्जिङ नेपालले साधारण सेयर बिक्री गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार रु १ सय अंकित दरका पाँच लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । सेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्ति गरिएको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ ।