NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अधिक समय घाममा बस्नाले कोरोना संक्रमण मात्रै होइन, मृत्युदर पनि घटाउँछ

काठमाडौं । ‘आगोले पोल्ने मात्रै होइन, सेक्ने काम पनि गर्दछ’ आगोको प्रमुख स्रोत सूर्य नै हो । यदि सौर्य मण्डलमा सूर्य नहुँदो हो त पृथ्वीमा जीवनको कल्पना गर्न पनि मस्किलै हुन्थ्यो । सूर्यको ताप अथाह ऊर्जाको स्रोत हो । हालै एक अध्ययनमा एक अर्को नयाँ तथ्य सार्वजनिक भएको छ । सूर्यको प्रकाश र तापले कोरोना संक्रमण हुने सम्भावना कम हुने पाइएको छ । खासगरी अल्ट्राभ्वाइलेट किरणको सम्पर्कमा आउनाले कोभित्र–१९ बाट हुने मृत्यु दर पनि घट्ने उक्त अध्ययनमा पाइएको छ । बेलायतको एडिनबर्ग विश्वविद्यालयका सोधकर्ताका अनुसार अधिक समय सूर्यको प्रकाशको सम्पर्कमा रहने व्यक्तिलाई कोभिड संक्रमण कम हुने मात्रै होइन, यसले मृत्युदरलाई पनि कम पार्नसक्छ । ब्रिटिश जर्नल अफ डर्माटोलोजीमा प्रकाशित उक्त अध्ययनमा अमेरिकी महाद्व्वीमा जनवरीदेखि अप्रिल २०२० मा भएको मृत्युसँगै त्यसै अवधिमा दुई हजार ४ सय ७४ काउन्टीमा अल्ट्राभ्वाइलेट स्तरको तुलना गरिएको थियो । अध्ययनमा अल्ट्राभ्वाइलेट किरणको उच्चस्तर पाइरहेका इलाकामा रहेने मानिसहरुमा कोरोना भाइरस संक्रमणबाट कम मृत्यु भएको पाइएको छ । सोधकर्ताका अनुसार बेलायत र इटलीमा पनि यस्तै अध्ययन गरेका थिए । सोधकर्ताले उमेर, समुदाय, सामाजिक–आर्थिक स्थिति, जनसंख्या घघनत्व, वायु प्रदूषण, तापमान र स्थानीय इलाकाको संक्रमण दरलाई ध्यानमा राख्दै संक्रमित हुने र मृत्युको खतराको विश्लेशण गरेका हुन् । सूर्यको प्रकाशमा धेरै समय रहनाले छालाले नाइट्रिक अक्साइड बाहिर निकाल्ने काम गर्दछ । यसले भाइरसको अगाडि बढ्ने क्षमतालाई काम गराउँछ ।