NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ललिपुर वुमन्स च्याम्पियनसीपको उपाधि एपीएफले चुम्यो

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसीप–२०७७ टि २० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । शनिबार टियु मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ उपाधि चुम्न सफल भएको हो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ३८ बलमा ५ चौकासहित ३६ रनको योगदान दिइन् । कप्तान सीता राना मगर ३२ बलमा ४ चौकासहित २७ रनमा आउट भइन् । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन सीमित भयो । एपिएफले १६.२ ओभरमा २ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्‍यो ।