NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

पदकमा नक्साबारे आएका समाचारमाथि गृहमन्त्रालयको स्पष्टीकरण, ‘तत्कालीन समयअनुसार आधिकारिक नक्सा नै राखिएको हो’

काठमाडौं । गृह मन्त्रालयले पदकमा पुरानै नक्सा उल्लेख गरिएको विषयमा आएका समाचारप्रति स्पष्टीकरण दिएको छ । सञ्चारमाध्यममा चुच्चे नक्सा खोइ भन्दै आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले स्पष्टीकरण दिएको हो । नेपालका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई संविधान दिवसको अवसरमा २०७६ असोज ३ गते पदकद्वारा विभूषित गरिने घोषणा गरिएको थियो । तर, कोभिडका कारण उक्त पदकहरु वितरण हुन सकेका थिएनन् । २०७७ बैशाख १ गते वितरण गर्ने भनिए पनि कोरोनाकै कारण हुन नसकेपछि आगामी बैशाख १ गते राष्ट्रपतिबाट वितरण हुने भएको छ । यसै सन्दर्भमा कतिपय पदक पाएका व्यक्तिहरुले नै पदकमा पछिल्लो प्रशासनिक नक्सा अनुसार चुच्चे नक्सा पदकमा अंकित नभएको भन्दै फिर्ता गर्ने घोषणासमेत गरेका थिए । गृह मन्त्रालयले तत्कालीन समयमा घोषणा गरिएका पदकमा तत्कालीन समयअनुसारकै आधिकारिक नक्सा अंंकित हुने स्पष्ट पारेको छ । ‘घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै विभूषणहरुमा अंकित गरिएको छ’, मन्त्रालयले स्पष्टीकरणमा भनेको छ । साथै मन्त्रालयले नेपालको नयाँ प्रशानिक नक्सा लागू भएपछि घोषणा भएका विभूषणहरुमा भने नयाँ नक्सा नै अंकित हुने पनि बताएको छ ।पहिलेका पदकमा नक्सा अंकित भएकोबारे कोहीलाई भ्रममा नपर्नसमेत आग्रह गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष