NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

गैंडाको संख्यामा बृद्धि, ६ वर्षमा थपिए १०७ गैंडा

चितवन । गैंडाको संख्यामा बृद्धि भएको छ । आधा दशकको अवधिमा एकसय ७ गैंडा थपिएका छन् । राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७५१ वटा गैंडा छ । यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् । सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा थिए । सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा छन् । त्यहाँ मात्र ६९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ वटा गैंडा रहेको पाइएको छ । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ६ वर्षमा ८९ गैंडा थपिएका छन् भने शुक्लाफाँटामा १० र बर्दियामा ९ वटा थपिएका छन् । पर्सामा भने गैंडा थपिएको छैन ।