NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले वर्तमान संसद अनिर्णयको बन्दी बनेकाले अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी ओली र सभामुख अग्नि सापकोटा दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको दाबी गर्दै संसदलाई यस्तो बन्दी बनाउनु उचित नहुने तर्क गरेका छन् । शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्। नेता कोइरालाले आगामी कांग्रेसको महाधिवेशनमा सभापतिबाहेक कुनै पदमा आफूले उम्मेदवारी नदिने घोषणा समेत गरेका छन्। ‘१४ औं महाधिवेशनमा सभापतिबाहेक कुनै पनि पदमा म उम्मेदवारी दिन्नँ,’ कोइरालाले भने। कांग्रेसको सभापतिमा आफू पुगेपछि पार्टीका सबै नेता र कार्यकर्ताले अभिभावकत्व पाउने उनले दाबी गरे । ‘म कसैमाथि अन्याय हुन दिन्नँ। कुनै पनि कार्यकर्ताको क्षमता, योग्यता र योगदानको आधारमा पार्टीमा स्थान दिन्छु,’ उनले भने।