NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिसिक्यामेराले नेपालको गतिविधि नियाल्दै भारत

भारतले नेपालको शान्ति, सुरक्षालाई चुनौती दिँदै दशगजामै सिसिक्यामेरा जडान गरेको छ । दशगजामा हुने आपराधिक गतिविधिलाई नियाल्न सिसिक्यामेरा जडान गरिएको भारतीय पक्षले दाबी गरेको छ । तर, सिसिक्यामेराको क्षमता पाँच सय मिटरसम्मको गतिविधि नियाल्न सक्ने रहेको नाम उल्लेख नगर्ने सर्तमा एक भारतीय अधिकारीले जानकारी दिए । भारतीय सुरक्षा अधिकारीको भनाइलाई आधार मान्ने हो भने भारतले दशगजामा जडान गरेको सिसिक्यामेराको सहायताले नेपालगन्ज भन्सारसम्म हुने गतिविधि भारतीय पक्षले रुपइडिहामा बसेर गर्न सक्नेछन् । भारतीय पक्षले दशगजाबाट झन्डै २० मिटर दक्षिणमा ३०–४० फिट अग्लो टावर खडा गरी त्यसमा सिसिक्यामेरा जडान गरेको छ । सिसिक्यामेराको बारेमा भारतीय पक्षले कुनै औपचारिक जानकारी गराएको छैन । भारतीय पक्षले दशगजामा हुने गतिविधि नियाल्न सिसिक्यामेरा जडान गर्न लागेको भन्ने अनौपचारिक सूचना पाएको एक सुरक्षाकर्मीले बताए । उनका अनुसार, सिसिक्यामेराबाट नेपालगन्ज भन्सारसम्मको गतिविधि भारतले हेर्न सक्नेछ । ‘भारतले नेपालको सहमतिविना दशगजामा आफूखुसी सिसिक्यामेरा जडान गरेको छ । यसले नेपालको शान्ति सुरक्षामा चुनौती थपिएको छ,’ उनले भने । आजकाे नयाँ पत्रिकामा खबर छ।