प्रदेश १ को हिउँदे अधिवेशन अन्त्य
विराटनगर । प्रदेश १ को सातौं हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै आइतबार रातको १२ बजेबाट सातौं हिउँदे अधिवेशन अन्त्य भएको जनाएको छ । ‘पदेश १ मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आइतबार १२ बजेदेखि प्रदेश सभाको सातौं तथा चालू हिउँदे अधिवेशन अन्त्य हुनेछ’, विज्ञप्तिमा उल्लेख छ। आइतबार १ बजे बसेको अन्तिम बैठकमा विशेष समय लिएर मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने तयारी गरेका थिए । तर, प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
ताजा अपडेट
-
संविधान जति राम्रो भए पनि चलाउने हात इमानदार नभए कागज मात्र हुन्छ : प्रधानमन्त्री बालेन
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद


प्रतिक्रिया