NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

उपत्यकामा दैनिक १४ करोड लिटर मेलम्चीको पानी

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर पानी आउन थालेको छ। शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो। दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यले जानकारी दिए। ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीनओटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ। त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ।’ काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ। यो खबर आजको आर्थिक अभियान दैनिकमा छ।