NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १० गते

एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा, माधव समूह सहभागी नहुने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज साेमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ। एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि पहिलो बैठक बस्न लागेको हो। तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सहभागी नहुने भएकाे छ। बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुने नेताहरुले बताएका छन्। साेमबार नै कांग्रेसकाे केन्द्रीय समिति र माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक बस्दैछ।