NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भोलीदेखि देशभरका स्कुल बन्द

काठमाडौँ । कोभिड संक्रमण बढेसँगै सरकारले देशभरको स्कुल बन्द गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अर्को निर्णय नहुँदासम्मका लागि सबै स्कुल तथा क्याम्पस बन्द गर्ने निर्णय गरेको हो । कोभिड संकट व्यवस्थापन केन्द्र –सीसीएमसी) विद्यालयहरु बन्द गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले भौतिक उपस्थितीमा पढाई हुने सबै स्कुल तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको हो । सरकारले विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने निर्णय गरेको छ । यसअघि सरकारले सोमबारदेखि लागु हुनेगरी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।