NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

२५ हजार वर्षदेखि कोरोनासँग लड्दैछ मानिस, पश्चिम एसियाबाट उत्पत्ति भएको दाबी

काठमाडौं । कोरोना भाइरसबारे एक नयाँ तथ्य सार्वजनिक भएको छ । दुई वर्षयता कहरको रुपमा देखा परेको भाइरस नयाँ भने पक्कै होइन । वैज्ञानिकले यो भाइरस हजारौं वर्ष पुरानो भएको दाबी गरेका छन् । कोरोना भाइरसमाथि गरिएको अध्ययनका क्रममा पछिल्लो २५ हजार वर्षदेखि कोरोना भाइरसले मानिसलाई शिकार बनाउँदै आएको पत्ता लागेको हो । साइन्स जर्नलमा प्रकाशित अध्ययन अनुसार यो भाइरसले २५ हजार वर्षअघि पश्चिम एसियामा कहर वर्षाएको थियो । यो अध्ययन एरिजोना विश्वविद्यालयमा गरिएको थियो । विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर एनार्डले भने, ‘यो भाइरसले सँधै मानिसको स्तर याद दिलाउँदै आएको छ । भाइरसले मानिसलाई बिमार बनायो र उनीहरुको ज्यान लिँदै आएको छ ।’ प्रोफेसर एनार्डका अनुसार मानिसजस्तै यो भाइरस पनि एक पुस्तादेखि अर्को पुस्तासम्म नयाँ जिनोमका माध्यमबाट विकसित हुने गर्दछ । यो प्रक्रिया हरेक प्याथोजेनमा हुन्छ । हरेक प्याथोजेन परिवर्तिन वातावरणमा घुलमिल हुनका लागि आफ्नो पुस्तामा बदलाव गर्दछन् । ढिलो हुने परिवर्तनलाई इभोल्युसन र छिट्टै हुने परिवर्तनलाई नै म्यूटेशन भनिन्छ । हजारौं वर्ष पुरानो भाइरसको खोजीका लागि अध्ययनकर्ताको टिमले विश्वका २६ अलग–अलग स्थानका दुई हजार पाँचसय ४ जनामाथि अध्ययन गरेका थिए । उनीहरुको जिनोममाथि जाँच गरिएको थियो । कोरोनाजस्तै प्याथोजेन मानिसको डीएनएमा प्राकृतिक तरिकाले परिवर्तित हुँदै अघि बढेको पाइएको छ । यो अध्ययनबाट भविष्यमा कस्ता प्रकारका भाइरस आउन सक्छन् भन्ने ज्ञानका लागि भने निकै महत्वपूर्ण मानिएको छ । एनार्डले कोरोना भाइरसले कोषिकामार्फत शरीरमा संक्रमण गर्ने बताएका छन् । यसले कोषिकालाई हाइजेनक बनाउँछ । त्यसपछि कोशिकाभित्र भाइरसले आफूलाई तोडेर नयाँ भाइरस बनाउँछ । कोरोनाले एकैपटकमा मानिसको शरीरभित्रका हजार भन्दा बढी प्रोटिनसँग सम्पर्क गर्ने गरेको पाइएको छ । साइन्टिफिक रिसर्च अनुसार कोरोना भाइरसले मानिसको शरीरका करिब ४२० प्रकारका प्रोटिनसँग सम्पर्क बनाउने गर्दछ । यीनमा ३३२ प्रकारका प्रोटिनले कोरोना भाइरससँगै सिधा सम्पर्क गर्दछन् । कोरोनाले मानिसको शरीरभित्र रहेका प्रोटिनलाई नष्ट गरेर नयाँ भाइरस बनाउँछ । अध्ययनमा पश्चिम एसियाली मुलुकमा बसोबास गर्ने मानिसमा यस्तो जिन्स भेटिएको छ, जो २५ हजार वर्ष पुरानो भाइरसको सम्पर्कमा आएका छन् । यसको प्रमाण अहिले पनि उनीहरुको शरीरमा छ । यसमा हुने तिव्र म्यूटेनशनका कारण पश्चिम एसियायी मुलुकका मानिसको इम्यूनिटी मजबुत बन्दै गयो । अर्थात यहाँका मानिसहरुमा धेरैपटक कोरोना भाइरसको संक्रमण भएका कारण शरीरमा एन्टीबडी निर्माण भएको पाइएको छ । एजेन्सी